यी हुन् आज विद्युत कटौती हुने स्थान (सूचीसहित) « Khabarhub

यी हुन् आज विद्युत कटौती हुने स्थान (सूचीसहित)


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

देशका विभिन्न स्थानमा मर्मतसम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार प्रदेश ५ र प्रदेश १ का तीनतीन वटा फिडरमा आज विद्युत कटौती हुनेछ ।

प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ ।

यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२:३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ ।

प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत हुने छैन । जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जानेछ ।

हेर्नुहोस् प्राधिकरणको सूचना

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : १० बजे

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

काठमाडौं– भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप