हिमपातले जनजीवन प्रभावित (फोटो फिचर) « Khabarhub

हिमपातले जनजीवन प्रभावित (फोटो फिचर)


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– उच्च पहाडी तथा हिमाली जिल्लामा लगातार हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ ।

वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले हाँका किसान निकै खुशी भएका छन् ।

पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि सुरू भएको छ। बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए ।

खप्तडलगायत अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको खप्तडको झिग्रानामा रहेको घारवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।

हिमपातका कारण गएराति तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो। हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका भिग्रानाका स्थानीयवासी हर्कबहादुर साउदले बताए ।

हेर्नुहोस् तस्वीर :

हिमाली जिल्ला हुम्लामा भएको हिमपात । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुशी भएका छन ।
तल्लो डोल्पास्थित मुडकेचुला गाउँपालिका -५ शुरमा रहेका गाउँहरु गएराति परेको हिमपातका कारण सेताम्य भएका छन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीमा शुक्रबार भएको हिमपात । हिमपातका कारण म्याग्दीको लेकाली बस्तिको जनजिबन प्रभावित भएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिमपात भएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ