हिमपातले जनजीवन प्रभावित (फोटो फिचर) « Khabarhub

हिमपातले जनजीवन प्रभावित (फोटो फिचर)


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– उच्च पहाडी तथा हिमाली जिल्लामा लगातार हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ ।

वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले हाँका किसान निकै खुशी भएका छन् ।

पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि सुरू भएको छ। बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए ।

खप्तडलगायत अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको खप्तडको झिग्रानामा रहेको घारवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।

हिमपातका कारण गएराति तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो। हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका भिग्रानाका स्थानीयवासी हर्कबहादुर साउदले बताए ।

हेर्नुहोस् तस्वीर :

हिमाली जिल्ला हुम्लामा भएको हिमपात । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुशी भएका छन ।
तल्लो डोल्पास्थित मुडकेचुला गाउँपालिका -५ शुरमा रहेका गाउँहरु गएराति परेको हिमपातका कारण सेताम्य भएका छन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीमा शुक्रबार भएको हिमपात । हिमपातका कारण म्याग्दीको लेकाली बस्तिको जनजिबन प्रभावित भएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिमपात भएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०८ बजे

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका