पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने मन्त्री गुरुङको प्रतिवद्धता « Khabarhub

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने मन्त्री गुरुङको प्रतिवद्धता


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन ।

शनिबार नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालीन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताए ।

पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए ।

विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई रु १५ लाखको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउनुभएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ४ : ४४ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने