अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब्राहम लिङ्कन कानुन विषयमा पोख्त बन्न चाहन्थे । त्यसका लागि धेरै कानुनका पुस्तक पढ्नुपर्ने हुन्छ । पुस्तक किन्न आर्थिक हैसियत उनीसँग थिएन ।

संयोगवश एकदिन उनले नदीपारिको एउटा गाउँमा अवकाशप्राप्त न्यायाधीश बस्छन् भन्ने थाहा पाए । न्यायाधीशसँग कानुनका प्रशस्त पुस्तक सङ्ग्रहित थिए ।

लिङ्कनलाई न्यायाधीश भेट्ने इच्छा जाग्यो । नदीमा पुल थिएन । अत्याधिक जाडोको समय थियो । त्यसको कुनै वास्ता नगरी लिङ्कन डुङ्गा लिएर नदी पार गर्न लागे । दुर्भाग्यवश नदीको बीच भागमा पुगेपछि डुङ्गा बरफको ठूलो पत्थरमा ठोकियो र डुब्यो । चिसोको कुनै वास्तै नगरी पौडँदै नदी पार गरेर उनी न्यायाधीशको घरमा पुगे ।

त्यसवेला न्यायाधीशको घरमा काम गर्ने नोकर विदामा घर गएको रहेछ । त्यही मौकामा न्यायाधीशको नोकरले गर्ने सम्पूर्ण काम लिङ्कनले गर्न थाले ।

काम सकिएपछि न्यायाधीशले लिङ्कनलाई पारिश्रमिक कति लिन्छौ भनेर सोधे । उनले पारिश्रमिकवापत कानुनका पुस्तक पढ्ने अनुमति मागे । न्यायाधीश अलमल्ल परे । लिङ्कनको पढाइप्रतिको लगाव र इच्छा देखेर न्यायाधीशले खुसीसाथ आफूसँग भएका सम्पूर्ण कानुनका पुस्तक पढ्न अनुमति थिए ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक