काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी | Khabarhub Khabarhub

काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो ।

टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो ।

दुई सय ३६ रनको विजय लक्ष्य एपिएफले अन्तिम ओभरको दुई बल बाँकी छँदै नौ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दुई सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफका लागि सुमित महर्जनले ६०, वसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शङ्कर रानाले ३३, आशिफ शेखले १२ र भुवन कार्कीले १० रन बनाए ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका विक्रम शोवले तीन, करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बलमे एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७, तथा कुशल मल्लले ११ रनको योगदान दिए ।

बलिङतर्फ एपीएफका अविनाश बोहराले तीन, अमरसिंह रौटेला र भुवन कार्कीले दुई–दुई तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले एक–एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच एपिएफ क्लबका वसन्त रेग्मी घोषित भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ५९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई