निर्माणाधीन ठिमुरा–देवघाट जोड्ने पुल भत्कियो « Khabarhub

निर्माणाधीन ठिमुरा–देवघाट जोड्ने पुल भत्कियो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधीन चितवनको ठिमुरा–देवघाट जोड्ने पुल भत्किएको छ।

भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो। ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले आरोप लगाएएका छन् ।

२२० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको यो पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान भत्किएको पौडेलले बताए । आउँदो असारमा निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको पुल किन भत्कियो भन्ने विषयको प्राविधिक कारण पत्ता लगाइने अध्यक्ष पौडेलले बताए।

यता, सडक डिभिजन भरतपुरका इन्जिनियर विजय दराईले सोमबार गएको भूकम्पका कारण जमिन थर्किएर पुल भत्किएको हुनसक्ने बताएका छन्। पुलमा ४ वटा स्पान राखिँदैछ। तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिएको छ।

त्रिशूली नदी किनारमा पर्ने देवघाट–ठिमुरा पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०७० साल कात्तिक २० गते १९ करोड ३१ लाख रूपैयाँ लागतमा सम्झौता भएको थियो। तीन वर्षको म्याद सकिने बेलामा पुलको डिजाइन परिवर्तन भयो। डिजाइन परिवर्तन हुँदा सरकारलाई दुई करोड २८ लाख रूपैयाँ थप भार परेको थियो।

डिजाइन परिवर्तन गरेपछि २०७६ वैशाखसम्मको म्याद दिइएको थियो। २०७६ पुसमा खरिद ऐन संशोधन भएर आएपछि देवघाट–ठिमुरा पुल निर्माण गर्ने ठेकेदारले पनि फेरि एक वर्षको म्याद थप पायो।

२०७६ फागुनदेखि म्याद थप भएर पुनः काम सुरू गरेको ठेकेदारले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता जनाएको एक वर्ष पनि गएको फागुनमा सकिएर यता आएको हो। पछिल्लो पटक ठेकेदारले असारमा काम सक्ने बताएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ३४ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना