कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले दिए राजीनामा « Khabarhub

कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले दिए राजीनामा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।

कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो ।

एमाले प्रदेशसभाको ठूलो दल हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला नेतृत्वमा सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री शाहीलाई संयुक्त राजीनामा बुझाएका हुन् ।

सरकारमा मन्त्री ज्वालाका साथै सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सहभागी हुनुहुन्थ्यो । सात सदस्यीय कर्णाली प्रदेश सरकारमा अब मुख्यमन्त्रीसहित माओवादी केन्द्रका तीन मन्त्री रहेका छन् ।

भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले राजीनामा दिएपछि झण्डै एक वर्षदेखि सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै संहाल्दै आउनुभएको छ ।

विसं २०७४ फागुन ३ गते तत्कालीन एमालेले माओवादी केन्द्रलाई प्रदेश सरकार गठनका लागि समर्थन गरेको थियो ।

यसअघि चैत ४ गते बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । यही चैत २२ गते बसेको दलको बैठकले २४ घण्टाभित्र राजीनामा दिएर दलको निर्णय कार्यान्वयनमा सहयोग गर्न पुनः मन्त्रीलाई निर्देशन दिएको थियो ।

मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले पार्टीभित्र मतभेद भएपनि पार्टी निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले आगामी वैशाख ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रदेश प्रमुखको कार्यालयले तोकिएको अवधिमै विश्वासको मत लिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

प्रदेशसभामा एमालेका सभामुखबाहेक १९, माओवादी केन्द्रका १२ ९एक जना निलम्बित०, नेपाली कांगे्रसका छ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

एमाले दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले नयाँ सरकार गठनका अन्य दलसँग वार्ता एवं परामर्श गर्न नेता कँडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, प्रमुख सचेतक गुलाबजङ्ग शाहको संयोजकत्वमा गठित विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदालाई पारित गर्न पार्टी कमिटीसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ६ : ४० बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा