कोरोना संकटको अवस्थामा अक्सिजनको अभाव टार्न महावीर पुनले दिए ६ सुझाव « Khabarhub

कोरोना संकटको अवस्थामा अक्सिजनको अभाव टार्न महावीर पुनले दिए ६ सुझाव


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना भाइरस संक्रमणको यस संकट अवस्थामा अभाव भइरहेको अक्सिजन पूर्तिका लागि विभिन्न ६ बुँदे सुझाव दिएका छन् ।

आविष्कार केन्द्रले अक्सिजन पूर्तिका लागि चालेको कदम सोचेअनुरुप उपलब्धि हुन नसकेपछि अक्सिजनको अभाव पार लगाउन उनले सरकारलाई ६ बुँदे सुझाव दिएका हुन् । उनले यस संकटकालीन अवस्थालाई पार लगाउनको लागि मौजुदा र प्रचलित चलन, नियम कानून र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान नहुने बताएका छन् ।

‘मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर यो संकटकालीन समस्या सामाधान हुँदै हुँदैन। नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यही नै हो’, उनले लेखेका छन्, ‘ यो अवस्थामा छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन। मैले यसो भन्दा दुख नमान्नु होला होला।’

उनले यही छुट्टै ऐनलाई टेकेर सरकारले स्वच्छ व्यक्तिहरुको टीम बनाएर काम सुरु गरि हाल्नुपर्ने बताएका छन् । तत्काल विदेशबाट २० हजार वटा खाली अक्सिजन सिलिण्डर ल्याउन सुझाव दिएका छन् ।

उनले फेसबुकमा यस्तो लेखका छन्

अहिलेको अक्सिजनको चरम अभावको अचुक सामाधान यस्तो हुन् सक्छ।
कोरोनाको दोस्रो लहरमा केहि दिन सम्म राष्ट्रिय आविष्कार केन्द्र मार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझें सम्म अक्सिजनको चरम अभाब लाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु। सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धि नभएकोले सोचेको उपाय हो यो। मैले सुझाएको उपाय संग तपाईं सहमत नहुन पनि सक्नु हुन्छ। छलफल गरौँ र राम्रो उपाय निकालौं।
पहिलो कुरा त कोरोना महामारीको अहिलेकोअबस्था भनेको संकटकालीन अवस्था हो। कुनै कल्पना नै नगरिएको संकट आईहाल्यो भने त्यसलाई पार लगाउनको लागी मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान हुँदै हुँदैन। नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यहि नै हो। प्रधानमन्त्री सहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागी मुख्य सचिब र मन्त्रालयका सचिबहरुलाई कडा निर्देशन दिनु हुन्छ। अनि सचिबहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागी मौजुदा ऎन, नियम कानुन, प्रक्रिया र अभ्यास को आधारमा कदम चाल्छन। यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ।
आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन। त्यसलाई समाधान गर्ने छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन। मैले यसो भन्दा दुख नमान्नु होला होला।
उसो भए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?
१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभाबलाई समाधान गर्नको लागी सर्बप्रथम राष्ट्रपतिले अध्यादेश द्वारा “कोरोना महामारी रोकथामको लागी आपतकालीन कानुन र प्रक्रिया” भन्ने अध्यादेश ल्याउने ।
२. सोहि कानुनमा टेकेर सरकारले भ्रस्टाचार नगर्ने स्वच्छ ब्यक्तीहरुको टीम बनाएर काम सुरु गरि हाल्ने।
३. अध्यादेश ल्याउन एक दिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन १ हप्ता लाग्ला।
४. अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ ओटा जहाजहरुमा तिन हप्ता भित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीन बाट अथवा अन्य मुलुक बाट ल्याउने।
५. ति खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाब कम गर्ने।
६. यसो गर्न पैसा कहाँ बाट ल्याउने ?? – सरकारको विकास बजेटमा खर्च नभएको पैसा र अन्य फजुल खर्चहरु घटायो भने पक्कै पनि पैसाको खाँचो हुदैन किन भने २० हजार ओटा खाली सिलिन्डर ल्याउने भनेको कुनै महत्वकांक्षी र ठुलो वजेट लाग्ने कुरा होइन। पहिला जनता को ज्यान बचाउन पर्यो। बिकास भन्ने कुरा त्यस पछि गरे पनि हुन्छ।
लौ त, म मुर्ख मान्छेले जानेको कुरा यहि हो। म सरकार भएको भए कुनै पनि हालतमा यहि काम गर्ने थिएँ। अब गर्ने काम सरकारको हो।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ६ : ३० बजे

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको