कतारमा कोरोना संक्रमित घट्दै, ३२ लाख बढीले लगाए खोप « Khabarhub

कतारमा कोरोना संक्रमित घट्दै, ३२ लाख बढीले लगाए खोप


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ । कतारमा पछिल्लो २४ घण्टामा ९३ जनामा मात्र संक्रमण भेटिएको छ ।

यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार ६६७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २० हजार ५९७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ४ सय ७७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ९२ जनाविभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ४४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ३२ लाख ७६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप नलगाएका सबैलाई अनिवार्य खोप लगाउन मन्त्रालयले आग्रह गर्दै आएको छ ।

कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ५७ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर