गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज बन्ने निश्चित « Khabarhub

गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज बन्ने निश्चित


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– लामो समयदेखि जग्गा विवादले अन्योलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ ।

जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौबाट भर्चुअल माध्यममार्फत शिलान्यास गरेका हुन् । शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।

जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विघा जग्गा उपलब्ध गराएको थियो । तर उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानीय एक सहकारी संस्थाले अवरोध गरेपछि विवाद भएको थियो ।

झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तीव्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ३४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,