एमाले कार्यदलमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल, बैठक भोलि पनि « Khabarhub

एमाले कार्यदलमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल, बैठक भोलि पनि


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको आज भएको बैठक सहमति नजुटाई सकिएको छ ।

सिंहदरबारमा भएको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।

बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरूको भनाइ छ ।

बैठकपछि कार्यदल सदस्य गोकर्ण बिष्टले विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको तर कुनै सहमति नभएको जानकारी दिए । उनले विभिन्न कोणबाट विमति भएका विषयमा छलफल भएको बताए । सहमति हुनेगरी बुधबार पुन: बैठक हुने बिष्टले बताए ।

कार्यदल सदस्य भीम रावलले विभिन्न समयमा एमालेभित्र भएका घटनाका विषयमा छलफल भएको जानकारी दिए । एमाले भित्र देखिएका समस्या समाधानका लागि पनि छलफल भएको उनको भनाइ छ । बुधबार पनि बैठक बसेर समस्या समाधानका लागि आएका धारणाहरुका आधारमा अघि बढ्ने उनले बताए ।

सोमबार पनि कार्यदलबीच छलफल भएको थियो । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ५० बजे

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या