माओवीदीको अवरोध हटेपछि प्रदेश १ को प्रदेशसभा आजदेखि सुचारु « Khabarhub

माओवीदीको अवरोध हटेपछि प्रदेश १ को प्रदेशसभा आजदेखि सुचारु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ ।

मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएपछि बैठक सुचारु भएको हो ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्का विरुद्ध व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिएका थिए ।

यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट मन्तव्य हटाउनु पर्ने माग गर्दै आएको थियो । बैठकमा सभामुख भण्डारीले प्रदेशसभामा मर्यादित भाषा प्रयोग गराउन सचेत पनि गराए ।

संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरुबीच भएको छलफलले सदन सुचारु गराउने सहमति भएको हो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : १५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,