पूर्वमन्त्री प्रभु साह भन्छन् : मेरो चरित्र हत्या गर्ने षड्यन्त्र भयो « Khabarhub

पूर्वमन्त्री प्रभु साह भन्छन् : मेरो चरित्र हत्या गर्ने षड्यन्त्र भयो

छोरो विदेश पठाइदिन्छु भनेर पैसा ठगेको आरोप


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडा पठाइदिन्छु भनेर रकम लिई ठगी गरेको आरोप लगाउँदै एक महिलाले पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी दिएपछि साहले प्रतिवाद गरेका छन् ।

दीपा कुँवर नामकी एक महिलाले छोरालाई क्यानडा पठाइदिने भनेर आफूसँग २० लाख रुपैयाँ ठगेको आरोप लगाउँदै साहविरुद्ध महानगरीय प्रहरी वृत्त, नयाँ वानेश्वरमा ठाडो उजुरी दिएकी थिइन् ।

साह नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गरेका नेता हुन् । उनले आफ्नो चरित्र हत्या गर्ने प्रयासअन्तर्गत हुँदै नभएको कुरामा सुनियोजित तरिकाले ती महिलाले उजुरी गरेको आरोप लगाएका छन् ।

पूर्वमन्त्री साहले खबरहबसँग भने, ‘दीपा कुँवर भन्ने एक महिला मेरो चरित्र हत्या गर्ने उद्देश्यका साथ अघि बढेको देखियो । उनले मैले क्यानडा पठाइदिने भनेर २० लाख ठगी गरेको आरोप लगाएकी छिन् । त्यसमा कुनै सत्यता छैन ।’

उनले आफूले कसैलाई विदेश पठाइदिन्छु नभनेको र कसैसँग रकम नलिएको जिकिर गरे । उनले भने, ‘न त म कुनै म्यानपावर व्यवसायी हुँ, न मान्छे विदेश पठाउने एजेन्ट नै हुँ ।’

उनले क्यानडासँग आफ्नो कुनै पहुँच नभएको बताए । ‘मलेसिया, कतार पठाउने त मेरो सामथ्र्य छैन, क्यानडाको कुरा कसरी गर्ने ?’ प्रश्न गर्दै उनले भने, ‘यो सबै मलाई सिध्याउने खेल हो ।’

आरोप अपत्यारिलो भएकोले ग्रान्ड डिजाइन भएको हुनसक्ने साहको शंका छ । उनले घटना निराधार र कपोलकल्पित भन्दै यथार्थ बुझेरमात्र अघि बढ्न पनि आग्रह गरे ।

पूर्वमन्त्री साहले आफूमाथि आरोप लगाउने महिलामाथि समेत प्रश्न उठाएका छन् । उनले भने ‘ती महिला आफूलाई शक्तिशाली हुँ भन्दै ठगी गरी आफ्नो स्वार्थमा लाग्ने व्यक्ति हुन् । कसैले आरोप लगाउँदैमा त्यो सत्य हुँदैन ।’

साहले राजनीतिकरूपमा स्वस्थ प्रतिस्पर्धा गर्न नसक्नेहरुले रचेको षड्यन्त्रअन्तर्गत आफूमाथि आरोप लगाएको जिकिर गरे । उनले यस्तो षड्यन्त्रमा प्रत्यक्ष र परोक्षरूपमा संलग्न दोषीहरुलाई कानून बमोजिम कारबाही गर्न माग गरे ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले पूर्वमन्त्री साहविरुद्ध ठाडो उजुरी परेको पुष्टि गरे ।

उनले भने, ‘दीपा कुँवर भन्ने एक महिलाले प्रभु साहले विदेश पठाइदिने भन्दै २० लाख रुपैयाँ रकम ठगी गरेको भनेर ठाडो उजुरी दिएकी छन्, हामी अनुसन्धान गर्दैछौँ ।’

साहले अनुसन्धान गरेर निष्कर्षमा पुग्न प्रहरीलाई आग्रह पनि गरेका छन् । उनले भने, ‘यसको अनुसन्धान गरोस् म दोषी भए सजाय भोगौँला । यो देशमा कानुन छ भने झुटो आरोप लगाउनेलाई पनि कारबाही होला ।’

उजुरी गर्दा दीपाले साहले तीन वर्षअघि पैसा लिएको र पटकपटक माग्दा पनि फिर्ता नगरेपछि आफू प्रहरीकोमा गएको बताइन् ।

खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘मेरो छोरालाई क्यानडा पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिनुभएको थियो तर पठाउन नसकेपछि साढे १० लाख फिर्ता पनि गर्नुभयो । बाँकी २० लाख रुपैयाँ धेरै पटक मागेँ तर दिनु भएन ।’

उनले केही साथीहरु लिएर रकम माग्न साहको घरमै जाँदा दुर्व्यवहार गरेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘न्याय लगि प्रहरीकोमा गएर उजुरी गरेको हुँ, न्यायका लागि जहाँ पनि जान तयार छु ।’

प्रहरीले उजुरी गर्न आएको व्यक्तिले भनेका आधारमा टिपोट गरेको उजुरीलाई ‘ठाडो उजुरी’ भन्ने गरेको छ । सामान्यतया यस्तोमा प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराउँछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : २४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,