चिनियाँ राष्ट्रपतिको नेतृत्वमा विश्वका नेताहरूको भर्चुअल बैठक, प्रधानमन्त्री ओली पनि सहभागी « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेतृत्वमा विश्वका नेताहरूको भर्चुअल बैठक, प्रधानमन्त्री ओली पनि सहभागी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चीनफिङको नेतृत्वमा भएको भर्चुअल कार्यक्रम शुरू भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको विश्वका राजनीतिक पार्टीहरूको सम्मेलनमा नेपालका नेताहरू समेत सहभागी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले भर्चुअलमाध्यमबाट छलफल गर्ने छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरे । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए ।

चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गरे ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ३४ बजे

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७