सुजिता हत्या प्रकरण : स्थानीय प्रशासनद्वारा चितवनमा कर्फ्यू « Khabarhub

सुजिता हत्या प्रकरण : स्थानीय प्रशासनद्वारा चितवनमा कर्फ्यू


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्म कर्फ्यू आदेश जारी गरेको छ ।

राप्ती नगरपालिका बस्ने सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर हिंसात्मक प्रदर्शन हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्मको राजमार्गको ५ सय मिटरसम्म पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाइएको छ ।

आदेशको उल्लंघन गर्नेलाई तत्काल गिरफ्तार गरेर एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुने उल्लेख गरिएको छ ।

यस्तो छ आदेश 

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ५१ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले