रोकिएको जनगणना असोज १ देखि गर्ने प्रस्ताव « Khabarhub

रोकिएको जनगणना असोज १ देखि गर्ने प्रस्ताव


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रणका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरि प्रस्ताव गरिएको छ।

केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मुलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

२०७८ असार ८ मा सम्पन्न हुनुपर्ने जनगणनालाई धेरै पर सार्न नहुने विभागको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार वर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिम सातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।

यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन ।

तर, अहिले महामारी केही कम भएको भन्दै विभागले साउनबाटै तयारी थाल्ने भएको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी भएको लामिछानेले बताए । उनले सम्भवतः एक साता भित्रै सरकारले मिति तोक्ने बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ३० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,