रासस सञ्चालक सदस्यमा विद्रोही नियुक्त « Khabarhub

रासस सञ्चालक सदस्यमा विद्रोही नियुक्त


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्यमा पत्रकार माधव विद्रोही (भण्डारी) नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रिस्तरीय निर्णयअनुसार यही असार २१ गते उनलाई रासस ऐन, २०१९ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको हो । विसं २०२२ जेठ १३ मा जन्मिएका झापा, भद्रपुर नगरपालिका–८ निवासी विद्रोही विसं २०४३ देखि निरन्तर पत्रकारिता पेशामा छन् ।

नवनियुक्त सदस्य विद्रोहीलाई सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरणसहित बधाई दिए । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, राससका महाप्रबन्धक सिद्धराज राईलगायत उपस्थित थिए । सदस्य विद्रोहीलाई आजै रासस केन्द्रीय कार्यालय, भद्रकालीमा स्वागत गरियो ।

हाल रेडियो भिजनका कार्यक्रम संयोजक र स्वाधीन संवाद साप्ताहिकका सम्पादक एवं प्रकाशक विद्रोहीसँग यसअघि कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार, जनआस्था साप्ताहिक तथा च्यानल नेपाल, कञ्चनजङ्गा एफएममा कार्य गरेको अनुभव छ ।

पत्रकार विद्रोहीले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार, द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार र डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, झापाका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि भण्डारीले पत्रकारिताकै क्रममा विसं २०४४ र २०४६ मा गरी दुई पटक शान्ति सुरक्षा मुद्दामा कारागार जीवन पनि बिताएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ४५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,