एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि « Khabarhub

एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि

अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्न माग


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि छ । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुनेछ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।

बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।

बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए । बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए ।

बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्ने गरी मात्रै एकता हुने बताउँदै पार्टी एकताको विषयमा गृहकार्य भइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले जिल्ला अधिवशेन र सदस्यता वितरणको काम अगाडि बढाउनु गलत भएको बताए ।

उनले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग मिसिनु राजनीतिकरूपमा आत्महत्या गरे सरह हुने बताए ।

बैठकमा नेता नेपालले आफू एकताकै पक्षमा रहेको स्पष्ट पार्दै ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि आफूहरूलाई एकताको विरोधी देखाउने खालको रहेको आरोप लगाएका थिए ।

बैठकमा डा. विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : १८ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा