दोलखाको लापिलाङ पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण « Khabarhub

दोलखाको लापिलाङ पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरीकोट- दोलखाको कालिञ्चोक गाउँपालिका– ५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गरेका छन् ।

लापिलाङको रानीवन पहिरोको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिरोले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिरोले नौ घर बगाएको थियो भने २२ घर पहिरोको उच्च जोखिममा रहेका थिए । गत वर्षको पहिरोलाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिरोले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् ।

सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताइन् । पहिरोकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उनले बताए ।

मानवीय क्षति नभए पनि पहिरोका कारण ठूलो क्षति हुन पुगेको हो । पहिरोको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताए ।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उनले बताए ।
पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार रु चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिए ।

पहिरोले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गरे ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : ५९ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले