महंगो घडीका सौखिन यी अभिनेता « Khabarhub

महंगो घडीका सौखिन यी अभिनेता


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडमा अभिनेता र अभिनेत्रीहरु आफ्नो रुप र पहिरन शैलीमा निकै ध्यान दिन्छन् । कपडादेखि लिएर जुत्ता, चश्मा, गरगहनादेखि घडीसम्ममा उनीहरुको सोख हुन्छ ।

बलिउड अभिनेताले जुन घडी लगाउँछन्, त्यो निकै महंगो र विशेष किसिमको छ । यी घडीको मूल्य थाहा पाउँदा जोकोही चकित पर्छन् । किनकी घडीको मूल्य जोकोहीको अनुमान भन्दा बढी हुन्छ ।

बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान रोलेक्स घडीको शौखिन हुन् । उनीसँग रोलेक्सका तीन महंगा अल्ट्रा प्रीमियम घडीको कलेक्सन छ । शाहरुखसँग रोलेक्स डेटोना ११६५२० को ग्रे रंगका दुई घडी छन् । तर दुवैको डायलको रंग अलग छ ।

एक घडीको मूल्य ८ दशमलब ५१ लाख रुपैंयाँ छ । यो दुई दशक पुरानो दुर्लभ घडी हो । आजको दिनमा यी दुवै घडीको मूल्य दुई गुणा बढी छ । शाहरुखसँग तेस्रो घडी रोलेक्स कस्मोग्राफ डेटोना छ । जुन घडीको मूल्य १० दशमलब ६९ लाख रुपैंया पर्छ ।

अभिनेता आमिर खानसँग विश्वकै सबैभन्दा महंगो र विशेष घडीमध्ये एक छ । जसको नाम भाचेरोन कन्स्टेनटिन ओवरसीज वल्ड टाइम हो । सिल्भर र निलो रंगको यो घडीले ३७ अलग अलग टाइम जोन बताउछ । यसको मूल्य २७ दशमलब ८० लाख रुपैंयाँ पर्दछ ।

नवाब परिवारका अभिनेता सैफ अली खान पनि महंगा घडीको सौखिन मानिन्छन् । उनीसँग लेञ्ज एण्ड सोनी लेञ्ज र ग्राण्डी लेंगी वान लुमिनसको ह्वाइड गोल्ड घडी छ । यी घडीहरुको मूल्य २४ दशमलब ९३ लाख र १४ दशमलब ४० लाख रुपैंयाँ पर्दछ ।

आफ्नो अन्तरंग फेसन सेन्सका लागि प्रख्यात अभिनेता रणवीर सिंहसँग फ्रेंक मुलर भी४५ वेनगार्ड याचिङ रोज गोल्ड र डायमण्ड घडी छ । यो घडीको मूल्य ४० लाख रुपैंयाँ पर्दछ ।

अभिनेता रणवीर कपूरसँग ३ महंगा घडीको कलेक्सन छ । उनीसँग औडेमार्स पिगुइट रोय ब्राण्डको घडी छ । जसको मूल्य १४ लाख रुपैंयाँ पर्दछ । उनको अर्को घडी रिसेन्स टाइप वान घडी हो । जसको मूल्य १४ दशमलब १८ लाख रुपैंयाँ पर्दछ । उनीसँग तेस्रो घडी रिचर्ड मिले आरएम ०२८ अटोमेटिक रोज गोल्ड डाइवर छ । जसको मूल्य १ दशमलब १२ करोड रुपैंयाँ पर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ३३ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी