महंगो घडीका सौखिन यी अभिनेता « Khabarhub

महंगो घडीका सौखिन यी अभिनेता


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडमा अभिनेता र अभिनेत्रीहरु आफ्नो रुप र पहिरन शैलीमा निकै ध्यान दिन्छन् । कपडादेखि लिएर जुत्ता, चश्मा, गरगहनादेखि घडीसम्ममा उनीहरुको सोख हुन्छ ।

बलिउड अभिनेताले जुन घडी लगाउँछन्, त्यो निकै महंगो र विशेष किसिमको छ । यी घडीको मूल्य थाहा पाउँदा जोकोही चकित पर्छन् । किनकी घडीको मूल्य जोकोहीको अनुमान भन्दा बढी हुन्छ ।

बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान रोलेक्स घडीको शौखिन हुन् । उनीसँग रोलेक्सका तीन महंगा अल्ट्रा प्रीमियम घडीको कलेक्सन छ । शाहरुखसँग रोलेक्स डेटोना ११६५२० को ग्रे रंगका दुई घडी छन् । तर दुवैको डायलको रंग अलग छ ।

एक घडीको मूल्य ८ दशमलब ५१ लाख रुपैंयाँ छ । यो दुई दशक पुरानो दुर्लभ घडी हो । आजको दिनमा यी दुवै घडीको मूल्य दुई गुणा बढी छ । शाहरुखसँग तेस्रो घडी रोलेक्स कस्मोग्राफ डेटोना छ । जुन घडीको मूल्य १० दशमलब ६९ लाख रुपैंया पर्छ ।

अभिनेता आमिर खानसँग विश्वकै सबैभन्दा महंगो र विशेष घडीमध्ये एक छ । जसको नाम भाचेरोन कन्स्टेनटिन ओवरसीज वल्ड टाइम हो । सिल्भर र निलो रंगको यो घडीले ३७ अलग अलग टाइम जोन बताउछ । यसको मूल्य २७ दशमलब ८० लाख रुपैंयाँ पर्दछ ।

नवाब परिवारका अभिनेता सैफ अली खान पनि महंगा घडीको सौखिन मानिन्छन् । उनीसँग लेञ्ज एण्ड सोनी लेञ्ज र ग्राण्डी लेंगी वान लुमिनसको ह्वाइड गोल्ड घडी छ । यी घडीहरुको मूल्य २४ दशमलब ९३ लाख र १४ दशमलब ४० लाख रुपैंयाँ पर्दछ ।

आफ्नो अन्तरंग फेसन सेन्सका लागि प्रख्यात अभिनेता रणवीर सिंहसँग फ्रेंक मुलर भी४५ वेनगार्ड याचिङ रोज गोल्ड र डायमण्ड घडी छ । यो घडीको मूल्य ४० लाख रुपैंयाँ पर्दछ ।

अभिनेता रणवीर कपूरसँग ३ महंगा घडीको कलेक्सन छ । उनीसँग औडेमार्स पिगुइट रोय ब्राण्डको घडी छ । जसको मूल्य १४ लाख रुपैंयाँ पर्दछ । उनको अर्को घडी रिसेन्स टाइप वान घडी हो । जसको मूल्य १४ दशमलब १८ लाख रुपैंयाँ पर्दछ । उनीसँग तेस्रो घडी रिचर्ड मिले आरएम ०२८ अटोमेटिक रोज गोल्ड डाइवर छ । जसको मूल्य १ दशमलब १२ करोड रुपैंयाँ पर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ३३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय