भोलि नेपाल र पीएनजीबीच पहिलो ओडीआई क्रिकेट हुँदै « Khabarhub

भोलि नेपाल र पीएनजीबीच पहिलो ओडीआई क्रिकेट हुँदै


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दुई खेलको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल मंगलबार हुँदैछ । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पीएनजीबीच मंगलबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा पहिलो खेल हुनेछ ।

खेल नेपाली समयअनुसार मंगलबार बिहान सवा ११ बजे सुरुहुनेछ । दुबै टोली पहिलो ओडीआई जित्ने लक्ष्यमा रहेका छन् । नेपालले ओमानमा पीएनजीसँग दुई खेल खेल्नेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।

यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा २९ सदस्यीय टोली ओमान पुगेको छ । यसपटक नेपाली टोलीमा पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । यो श्रृंखलाका लागि तिब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका गुल्सन पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

पीएनजीसँग खेलेपछि नेपाली टिम अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । खेल १३–१९ सेप्टेम्बरसम्म हुनेछ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आसिफ सेख, गुल्शन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ, रोहित कुमार पौडेल ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ५८ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय