मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी « Khabarhub

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन  लागिपरेका छन् ।

विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् ।

आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । ‘विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्’, उनले भने, ‘कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायत काममा व्यस्त छन् ।’

मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि बनेको पराजुलीले बताए । उनले भने, ‘कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।’

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले यस बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ ।

मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई हुन्छ । उनीहरू बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ । एउटा मुढा रु २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको उनको भनाइ थियो । उक्त कारागारमा हाल २८२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : ४० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी