बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र « Khabarhub

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो ।

दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी दिए । ‘अहिले छवटा मेसिनले काम गरिरहेका छन्, आवश्यक गिट्टी, कङ्क्रिट तयार गर्ने काम भइरहेको छ’, उनले भने, ‘मजदुर आइपुगेका छन्, अब मजदुरले गर्ने काम सुरु हुन्छ ।’ बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न दबाब छ ।

विसं २०५४ मा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुङ्गादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भइरहेको छ । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम म्याद सकिँदासम्म ३५ प्रतिशत सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रे खण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘हामीले काममा आउने बाधामा सहजीकरण गरिरहेका छौँ, समयमा काम थाल्न र समयमा सक्न भनेका छौँ’, उहाँले भन्नुभयो, ‘यो बरेङका लागि अत्यावश्क सडक हो ।’

सडक फराकिलो र कालोपत्र हुँदा बरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भए पनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक वर्षमा कालोपत्र भएको सडकबाहेक यो सडकनै बरेङको पहिलो कालोपत्र सडक हुनेछ । चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रका लागि समेत पहल भइरहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ४५ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न