अमेरिकामा ‘ज्योमो गाङ फिल्म अवार्ड’ | Khabarhub Khabarhub

अमेरिकामा ‘ज्योमो गाङ फिल्म अवार्ड’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुकुम मल्टीमिडियाको आयोजनामा अमेरिकाको क्यालिफोर्नियामा दोस्रो संस्करणको ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने भएको छ । नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड आगामी २०७९ वैशाख १ गते आयोजना हुँदैछ ।

अवार्डमा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नव–अभिनेता, नव–अभिनेत्री, छायाकार, खलपात्र, कथा, पाश्र्व संगीत, द्वन्द्व निर्देशक र नव–निर्देशक गरी १३ विधा रहेका छन् ।

नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव एवं अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछानेले अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने बताए ।

हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक बर्ष नियमित आयोजना गर्ने उद्देश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण त्यसपछिका वर्षहरुमा आयोजना हुन सकेको थिएन ।

संस्थाका अध्यक्ष धनबहादुर बम्जन(डिबी)ले आदिवासी जनजाति मातृभाषी फिल्महरु स्वदेशमा मात्र नभई विदेशमा पनि पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : १७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र