यी लक्षणले दिन्छ मधुमेह लागेको संकेत « Khabarhub

यी लक्षणले दिन्छ मधुमेह लागेको संकेत



मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नु नै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर (१००मि.ली. रगतमा १२६ मि.ग्रा) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ ।

सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसीलिटर ग्लुकोज पाइन्छ । यदि  ग्ललुकोजको मात्रा यो  रेन्ज भन्दा ज्यादा भएमा हाईपरग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपोग्लाइसिमिया भनिन्छ ।

चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थाहरुलाई मधुमेह को नामले सम्बोधन गरिन्छ जसले हाईपरग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।

लक्षणहरू

मधुमेह एउटा सुसुप्त रोग भएकोले प्रारम्भीक चरणमा खासै लक्षणहरु देखिदैनन् । यो एउटा सिष्टमिक समस्या भएकाले अलग अलग सिष्टममा अलग अलग लक्षण देखाउँछ । यस रोगले विशेषतः रोग बढ्दै गएपछि धेरै भोक लाग्ने, धेरै तिर्खा लागे, धेरै पिसाव लागे,  धेरै थकाई लाग्ने,  मानसिक जडता, पेटको गोलाई बड्ने, डर लाग्ने, बिना कुनै कारण हल्का रिस उठ्ने, तौल घट्ने नैराश्यताको अनुभव भइ राख्ने, कमजोरी महसुस हुने, हातखुट्टाहरु गल्ने जस्ता सामान्य लक्षणहरू देखाउदछ ।

रोग बढ्दै गएमा आँखा कमजोर भएर दृष्टि धुम्मिने, छालाका समस्या जस्तै  योनी, चाक र औलाको काप र स्तनमुनी चिलाउने, छालामा दाद वा घाउ–खटिरा आउने, छालाको रंग , कान्ति, मोटाइ र सुन्दरता परिवर्तन हुने, स्वाशमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाक वाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, घाउ–चोट चाडै निको नहुने, पिसापमा कमिला लाग्ने, गुप्तांङ्ग चिलाउने जस्ता लक्षणहरु देखा पर्दछन् ।

यस्तै रोग बढ्दै गएमा हृदयघात, मस्तिष्कघात, मृगौला फेलिएर, दृष्टिनाश, नशानाडी सुक्ने, छालाको समबेदना शक्ति कम हुने र रोग अनियन्त्रित नै रहिरहे मृत्यु समेत हुन् सक्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ५५ बजे

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म