ट्रम्पका समर्थकले गरे अमेरिकी संसद भवनमा आक्रमण, वासिङ्टनमा १२ घण्टा कर्फ्यू « Khabarhub

ट्रम्पका समर्थकले गरे अमेरिकी संसद भवनमा आक्रमण, वासिङ्टनमा १२ घण्टा कर्फ्यू

झडपमा एक जनाको मृत्यु


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई  सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेको बीबीसीले जनाएको छ ।

ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा एक महिलाको मृत्यु भएको वासिङ्टन पोष्टले जनाएको छ ।

ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर गरिएको तारबार तोडेका थिए। क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्तिहरूलाई हिरासतमा लिइएको जनाइएको छ।

तस्वीर : रोयटर्स

केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि  भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन् । उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।

अवस्था नियन्त्रण बाहिर गएपछि गार्डलाई क्यापिटल हिल पठाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्।

उनले ट्वीटमा लेखकी थिइन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुन: दोहोर्‍याउँछौँ।’

क्यापिटल भित्र भीड अनियन्त्रित र हिंस्रक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गरेका छन् ।

उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्।

 

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : २५ बजे

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत