क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप  | Khabarhub Khabarhub

क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका अधिकांश सदस्यहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

सञ्चार माध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिक रुपमा उनीहरुले खोप लगाएका हुन ।

खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाएको जनाइएको छ ।

बिहीबार उनीहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ । सवैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइने भएको हो ।

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् ।

त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ ।

त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

“सवै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,” राष्ट्रपति जोरान मिलानोभिकले भने ।

आफूले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले मन्त्रीपरिषद्का दश जनाले खोप लगाएको जानकारी दिए ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ०० बजे

‘जुठे’बाट बाहिरिएका राजु मास्टरले ‘गोथे’ पात्रलाई लिएर बनाउँदै छन् अर्को सिरियल ?

काठमाडौं – पछिल्लो समय चर्चित मध्येको एक सिरियल ‘जुठे’ ।

फिल्म ‘माइतीघर’ : सुटिङ सेटबाट बाहिरियो ‘माग्ने बूढा’को लुक्स

काठमाडौं – आगामी फूलपाती प्रदर्शन मिति तोकिएको फिल्म ‘माइतीघर’ छायाङ्नको

नागरिक उन्मुक्ति विवादमा अल्झिँदा टीकापुरमा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

धनगढी- पछिल्लो समय रेशम चौधरी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक

सरकारका प्रवक्ता भन्छन्- अब कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलैपिच्छेको संगठन

नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित : स्वर्णिम वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम