क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप  « Khabarhub

क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका अधिकांश सदस्यहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

सञ्चार माध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिक रुपमा उनीहरुले खोप लगाएका हुन ।

खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाएको जनाइएको छ ।

बिहीबार उनीहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ । सवैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइने भएको हो ।

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् ।

त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ ।

त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

“सवै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,” राष्ट्रपति जोरान मिलानोभिकले भने ।

आफूले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले मन्त्रीपरिषद्का दश जनाले खोप लगाएको जानकारी दिए ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ०० बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी