यसकारण चढाइन्छ सूर्यलाई जल « Khabarhub

यसकारण चढाइन्छ सूर्यलाई जल


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दू धर्म ग्रन्थहरुमा बिहानीपख दिनदिनै सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।

सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।

शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरूवात हुन्छ ।

मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । ऊर्जाको महत्त्वपूर्ण स्रोत हो यो । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् । बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सूर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ ।

यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ । सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्त्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको