दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैँचामा आज बिहान माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको कार्यालयका प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बिहान १:४० बजेतिर कोशी अस्पताल विराटनगरमा मृत्यु भएको एसपी शर्माले बताए ।

दुर्घटनामा माइक्रोका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । उनीहरूको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।  माइक्रोमा सवार १२ जना यात्रु भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : ०५ बजे

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०