कार्यव्यवस्था परामर्शमा आमन्त्रित सदस्य बोलाउने अधिकार सभामुखको : संसद सचिवालय « Khabarhub

कार्यव्यवस्था परामर्शमा आमन्त्रित सदस्य बोलाउने अधिकार सभामुखको : संसद सचिवालय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद सचिवालयले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सदस्यलाई बोलाउने निर्णय गर्ने अधिकार सभामुखसँग रहेको स्पष्ट पारेको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सभामुखले आमन्त्रित सदस्य बोलाउन सक्छ ।

सिंहदरबारमा आइतबार आयोजित भएको पत्रकार भेटघाटमा पाण्डेले भने, ‘विगतमा सभाबाट पारित भएका १७ जनालाई बोलाउने र आवश्यक परे आमन्त्रितका रूपमा अरूलाई समेत बोलाउनसक्ने व्यवस्था छ ।’

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था छ । उक्त नियममा ‘बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने’ व्यवस्था छ ।

समितिमा उपसभामुख उपाध्यक्ष र संसदीय मामिला मन्त्री सदस्य रहने व्यवस्था छ । सभामुखले कुनै आवश्यकताअनुसार कुनै सदस्यलाई बोलाउन सक्ने व्यवस्था पनि छ । उपनियमा ३ मा भनिएको छ- सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सक्नेछ ।

नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई छ र सभामुखकै निर्णय अन्तिम हुने व्यवस्था छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : १६ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले