कार्यव्यवस्था परामर्शमा आमन्त्रित सदस्य बोलाउने अधिकार सभामुखको : संसद सचिवालय | Khabarhub Khabarhub

कार्यव्यवस्था परामर्शमा आमन्त्रित सदस्य बोलाउने अधिकार सभामुखको : संसद सचिवालय


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद सचिवालयले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सदस्यलाई बोलाउने निर्णय गर्ने अधिकार सभामुखसँग रहेको स्पष्ट पारेको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सभामुखले आमन्त्रित सदस्य बोलाउन सक्छ ।

सिंहदरबारमा आइतबार आयोजित भएको पत्रकार भेटघाटमा पाण्डेले भने, ‘विगतमा सभाबाट पारित भएका १७ जनालाई बोलाउने र आवश्यक परे आमन्त्रितका रूपमा अरूलाई समेत बोलाउनसक्ने व्यवस्था छ ।’

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था छ । उक्त नियममा ‘बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने’ व्यवस्था छ ।

समितिमा उपसभामुख उपाध्यक्ष र संसदीय मामिला मन्त्री सदस्य रहने व्यवस्था छ । सभामुखले कुनै आवश्यकताअनुसार कुनै सदस्यलाई बोलाउन सक्ने व्यवस्था पनि छ । उपनियमा ३ मा भनिएको छ- सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सक्नेछ ।

नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई छ र सभामुखकै निर्णय अन्तिम हुने व्यवस्था छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : १६ बजे

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन