चीलले दिएको ‘साँचो ज्ञान’ « Khabarhub

चीलले दिएको ‘साँचो ज्ञान’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक पटक एक शिकारीले जिउँदै चील समात्यो । बाटोमा हिँड्दै गर्दा शिकारीसँग चीलले भन्यो— म तिमीलाई दुईवटा कुराको शिक्षा दिन्छु । ध्यान दिएर सुन ।

पहिलो, सोचविचार नगरी कहिल्यै पनि कसैको कुरामाथि विश्वास नगर्नु र दोस्रो, कुनै कुरा हातबाट फुत्क्यो भने त्यसको लागि दुःखी नहुनू ।

अलि पर पुगेपछि चीलले भन्यो— थाहा छ, मेरो पेटमा हीरा छ । तिमीले मलाई यो जालबाट निकाल्यौ भने तिमीलाई म यो दिनेछु ।

चीलको कुरामाथि विश्वास गरेर शिकारीले उसलाई छोडिदियो । शिकारीले हीराको लोभमा चीलको शिक्षा बिर्स्यो । चील शिकारीको जालबाट मुक्त भएर एउटा रुखमाथि हाँगामा बस्यो ।

उसले शिकारीलाई भन्यो, ‘मूर्ख ! तिमीले हीरा विषालु हुन्छ भनेर सोच्नुपर्थ्यो । मेरो पेटमा हीरा भएको भए म मर्दिनँ थिए होला तर तिमीले लोभमा आएर मेरो पहिलो शिक्षा बिर्सियौ ।’

चीलको कुरा सुनेर शिकारी दुःखी भयो । चीलले फेरि थप्यो— मूर्ख ! तिमीले मेरो दोस्रो शिक्षालाई पनि बिर्सियौ ।

यति भनेर चील उड्यो । शिकारीका आँखाले चीललाई टाढासम्म पछ्याइरहे ।

साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया