तत्काल सुधार नहुने देखियो नेपालको वायु प्रदूषण « Khabarhub

तत्काल सुधार नहुने देखियो नेपालको वायु प्रदूषण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको वायु प्रदूषण तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको विभागले जनाएको छ ।

काठमाडौँ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाडौँको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

यसैबीच, अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने र हिमपातकोसमेत सम्भावना रहेको छ ।

यस्तै आज पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अरु केही पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली भइरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४५ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा