कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि « Khabarhub

कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो डोज दिने निर्णय गरेको हो ।

पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने बैठकको निर्णय छ । सोहीअनुसार स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।

कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो, सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ५२ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको