‘बलात्कारीलाई फाँसी दे’ भन्दै माइतीघरमा विद्यार्थीले गरे प्रदर्शन « Khabarhub

‘बलात्कारीलाई फाँसी दे’ भन्दै माइतीघरमा विद्यार्थीले गरे प्रदर्शन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुको सोरु गाउँपालिका–९ की ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

बुधबार काठमाडौंको माइतीघरमा सहभागी विद्यार्थीहरुले लक्ष्मी चौलागाईको हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु हत्या छानविन गर’ भन्दै चर्को नाराबाजी गरेका थिन् ।

त्यस्तै, प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे’, लगायतका प्लेकार्ड बोकेका थिए ।

यही चैत २१ गते सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्या भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : १६ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका