कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम : प्रदेश प्रमुख अहिराज « Khabarhub

कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम : प्रदेश प्रमुख अहिराज


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मनाङ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।

उनले भ्रमणकै क्रममा मनाङ जिल्लाको ऐतिहासिक ‘भ्राका गुम्बा’ लगायत पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् ।

उक्त गुम्बाको अवलोकन पश्चान प्रदेश प्रमुख अहिराजले कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम रहेको बताए।

भ्रमणकै क्रममा उनले अपर मनाङ गाउँपालिका वडा नं.६ का अध्यक्ष सोनामङ गुरुङसँग आन्तरिक पर्यटनको विकास तथा प्रवर्द्धनका विषयमा समेत छलफल गरेका छन् ।

प्रदेश २ प्रमुख अहिराज मनाङ पुग्दा वडा अध्यक्ष गुरुङले स्वागत गरेका थिए । उनले प्रदेश २ बाट मनाङमा धेरै पर्यटक आउने अपेक्षा समेत राखे ।

‘तपाइँका अन्तर्वार्ता पटक-पटक हेरेको, देशभक्तिपूर्ण कुराहरु सुन्दै आएको थिएँ, आज प्रत्यक्ष मनाङमै भेट्न पाउँदा हामी सबै आनन्दित भएका छौँ,’ वडा अध्यक्ष गुरुङले भने ।

प्रदेश प्रमुख अहिराज मनाङ हुँदै मुस्ताङ, गोर्खा, लम्जुङ, रसुवा, गोर्खा, नुवाकोट घुम्ने योजना रहेको उनका सहयोगी हरि शंकर महतोले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : २४ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार