मदिरा पिएर सञ्जय दत्त श्रीदेवीको कोठामा पुगेपछि… « Khabarhub

मदिरा पिएर सञ्जय दत्त श्रीदेवीको कोठामा पुगेपछि…


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् ८० को दशकमा बलिउडमा अभिनेत्री श्रीदेवीको लोकप्रियता शिखरमा थियो । त्यो समयमा अभिनेता सञ्जय दत्त चाहिँ करियरको सुरुवाती चरणमा थिए ।

अमर उजालाका अनुसार सञ्जय अभिनेत्री श्रीदेवीको ठूलो फ्यान थिए । तर समयको अन्तरालसँगै श्रीदेवी सञ्जयसँग रिसाइन् र उनीसँग कुनै पनि फिल्ममा काम नगर्ने निर्णय लिइन् ।

श्रीदेवीको यो निर्णय पछाडि एउटा रोचक किस्सा छ । जुन किस्साको चर्चा आज पनि बलिउडमा समय–समयमा हुने गरेको छ ।

घटना सन् १९८३ को हो । यो समयमा श्रीदेवी फिल्म ‘हिम्मतवाला’को सुटिङमा थिइन् । सञ्जयलाई उनका साथीहरुले श्रीदेवी अभिनेता जितेन्द्रका साथ फिल्म ‘हिम्मतवाला’को सुटिङमा व्यस्त रहेको खबर सुनाएपछि ढिलाई नगरीकन उनी सुटिङ सेटमा पुगे ।

त्यो समयमा सञ्जयलाई समयले साथ दिइरहेको थिएन । उनले मदिरा पिएका थिए र मातेकै सुरमा फिल्मको सेटमा गएर श्रीदेवीलाई भेट्ने निर्णय लिए ।

तर उनले सेटमा श्रीदेवीलाई देखेनन् । त्यसपछि उनी श्रीदेवीलाई भेट्न उनको कोठामै पुगे । श्रीदेवीलाई आफ्नो कोठामा कोही मान्छे आउलान् भन्ने लागेकै थिएन । त्यो पनि मातेको अवस्थामा ।

त्यसपछि श्रीदेवी सञ्जयसँग यति रिसाइनकी उनले कुनै पनि फिल्ममा सञ्जयसँग सहकार्य नगर्ने निर्णय लिइन् । तर उनले भनेजस्तो भएन । यो घटनापछि श्रीदेवी र सञ्जयले फिल्म ‘जमीन’मा सँगै काम गर्नुपर्ने अवस्था आयो ।

श्रीदेवीले फिल्ममा सञ्जयका साथ आफ्नो कुनै पनि दृश्य नहुनुपर्ने शर्त राखिन् । महेश भट्टको फिल्म ‘गुमराह’मा पनि यस्तै भयो ।

फिल्ममा सञ्जयले पहिले नै साइन गरिसकेका थिए । यो समयमा सञ्जयको सफलताको ग्राफ उकालो लागेको थियो भने श्रीदेवीको लोकप्रियता भने घट्दो अवस्थामा थियो ।

यो फिल्मबाट सञ्जयलाई निकाल्ने श्रीदेवीले अनेक प्रयास गरे पनि उनी सफल हुन सकिनन् । फिल्मको सेटमा श्रीदेवी र सञ्जयको बोलचाल बन्द थियो ।

फिल्म रिलिज हुनासाथ हिट भयो र दर्शकले यो जोडीलाई निकै मनपराए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : १० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान