मदिरा पिएर सञ्जय दत्त श्रीदेवीको कोठामा पुगेपछि... | Khabarhub Khabarhub

मदिरा पिएर सञ्जय दत्त श्रीदेवीको कोठामा पुगेपछि…


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् ८० को दशकमा बलिउडमा अभिनेत्री श्रीदेवीको लोकप्रियता शिखरमा थियो । त्यो समयमा अभिनेता सञ्जय दत्त चाहिँ करियरको सुरुवाती चरणमा थिए ।

अमर उजालाका अनुसार सञ्जय अभिनेत्री श्रीदेवीको ठूलो फ्यान थिए । तर समयको अन्तरालसँगै श्रीदेवी सञ्जयसँग रिसाइन् र उनीसँग कुनै पनि फिल्ममा काम नगर्ने निर्णय लिइन् ।

श्रीदेवीको यो निर्णय पछाडि एउटा रोचक किस्सा छ । जुन किस्साको चर्चा आज पनि बलिउडमा समय–समयमा हुने गरेको छ ।

घटना सन् १९८३ को हो । यो समयमा श्रीदेवी फिल्म ‘हिम्मतवाला’को सुटिङमा थिइन् । सञ्जयलाई उनका साथीहरुले श्रीदेवी अभिनेता जितेन्द्रका साथ फिल्म ‘हिम्मतवाला’को सुटिङमा व्यस्त रहेको खबर सुनाएपछि ढिलाई नगरीकन उनी सुटिङ सेटमा पुगे ।

त्यो समयमा सञ्जयलाई समयले साथ दिइरहेको थिएन । उनले मदिरा पिएका थिए र मातेकै सुरमा फिल्मको सेटमा गएर श्रीदेवीलाई भेट्ने निर्णय लिए ।

तर उनले सेटमा श्रीदेवीलाई देखेनन् । त्यसपछि उनी श्रीदेवीलाई भेट्न उनको कोठामै पुगे । श्रीदेवीलाई आफ्नो कोठामा कोही मान्छे आउलान् भन्ने लागेकै थिएन । त्यो पनि मातेको अवस्थामा ।

त्यसपछि श्रीदेवी सञ्जयसँग यति रिसाइनकी उनले कुनै पनि फिल्ममा सञ्जयसँग सहकार्य नगर्ने निर्णय लिइन् । तर उनले भनेजस्तो भएन । यो घटनापछि श्रीदेवी र सञ्जयले फिल्म ‘जमीन’मा सँगै काम गर्नुपर्ने अवस्था आयो ।

श्रीदेवीले फिल्ममा सञ्जयका साथ आफ्नो कुनै पनि दृश्य नहुनुपर्ने शर्त राखिन् । महेश भट्टको फिल्म ‘गुमराह’मा पनि यस्तै भयो ।

फिल्ममा सञ्जयले पहिले नै साइन गरिसकेका थिए । यो समयमा सञ्जयको सफलताको ग्राफ उकालो लागेको थियो भने श्रीदेवीको लोकप्रियता भने घट्दो अवस्थामा थियो ।

यो फिल्मबाट सञ्जयलाई निकाल्ने श्रीदेवीले अनेक प्रयास गरे पनि उनी सफल हुन सकिनन् । फिल्मको सेटमा श्रीदेवी र सञ्जयको बोलचाल बन्द थियो ।

फिल्म रिलिज हुनासाथ हिट भयो र दर्शकले यो जोडीलाई निकै मनपराए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : १० बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले