एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा « Khabarhub

एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् ।

एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ ।

सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए । लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।’

नेपाल समूहले पार्टी एकता असम्भव रहेको बक्तव्य जारी गरेकै दिन अध्यक्ष ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै  आफू एकताकै पक्षमा रहेको र २०७५ जेठ ३ अघि फर्कन तयार रहेको जनाएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु