असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन « Khabarhub

असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा आइतबार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको हो ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

त्यस्तै विद्यालयका कर्मचारी र शिक्षकलाई खोप दिने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

वैठमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाई उपलब्धीको उपयुक्त विधि र प्रक्रियाका आधारमा मुल्यांकन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिए ।

त्यस्तै कोरोना महामारीको स्थिती सामान्य नभएसम्म विद्यार्थीको सिकाईलाई वैकल्पिक विधिबाट अघि बढाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ४० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको