झ्याप्रे खोला सिंचाइ आयोजनाको नहर निर्माण « Khabarhub

झ्याप्रे खोला सिंचाइ आयोजनाको नहर निर्माण


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रे खोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो ।

झ्याप्रे खोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कँडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७/७८ मा कार्यालयको रु १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको रु एक लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।

‘गत पुस महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौं’, अध्यक्ष कँडेलले भने, ‘हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौं ।’ स्थानीय मजदुर परिचालन गरेर नहर निर्माण भएको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको रु २८ लाख अनुदान र उपभोक्ताको रु तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ ।

झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जीनियर बालकृष्ण बुढाथोकीले बताए । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ ।

आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताए ।

नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ११ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन