कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन « Khabarhub

कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । ४२ वर्षे डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः५७ मा निधन भएको हो ।

डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा. सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिपछि गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार भइरहे पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा चार दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

बंगलादेशमा पढेका डा. सुवेदी ललितपुर इमाडोलका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु