मोटरसाइकल चढेर पूर्वमन्त्री सोनल मन्त्री क्वाटरबाट बाहिरिए | Khabarhub Khabarhub

मोटरसाइकल चढेर पूर्वमन्त्री सोनल मन्त्री क्वाटरबाट बाहिरिए


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् ।

पूर्वमन्त्री सोनलले सोमबार बिहान जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको मधेस भवन भनेर नामाकरण गरिएको मन्त्री क्वाटर छाडेका हुन् । उनी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता दिएर क्वाटरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए ।

मन्त्रीबाट पदमुक्तको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिंदै सोनले भने, ‘सरकारमा सवा तीन वर्ष बसेर जनताको सेवा गर्ने मौका पाए, मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने छु ।’ उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले उल्लेखनीय काम गरेको दाबी गरे ।

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए।

आइतबार राति मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगै भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरिएको हो । उनीहरु जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : १२ बजे

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव

मन्त्री घिसिङसँग बेलायती राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम्

मंगलबार ५८ अंकले बढ्यो नेप्से, २७ सय बिन्दुनजिक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ

प्रसाईंको निष्कर्ष : देशलाई एनजीओ र आईएनजीओले कब्जा गरे

काठमाडौं- राजा फर्काउने अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो