प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता, ओलीको प्रस्तावमाथि छलफल « Khabarhub

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता, ओलीको प्रस्तावमाथि छलफल


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे लिखित प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आह्वान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो ।

आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरूसँग छलफल गर्दैछन् । नेपाल पक्षले ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावलाई अर्थहिन रहेको प्रतिक्रिया दिएको छ । यद्यपि नेपाल पक्षमा पनि ओलीको प्रस्तावलाई लिएर नेताहरूबीच मतान्तर देखिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु