प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता, ओलीको प्रस्तावमाथि छलफल « Khabarhub

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता, ओलीको प्रस्तावमाथि छलफल


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे लिखित प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आह्वान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो ।

आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरूसँग छलफल गर्दैछन् । नेपाल पक्षले ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावलाई अर्थहिन रहेको प्रतिक्रिया दिएको छ । यद्यपि नेपाल पक्षमा पनि ओलीको प्रस्तावलाई लिएर नेताहरूबीच मतान्तर देखिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै