वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ « Khabarhub

वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्ला अदालत दाङले सामूहिक वन मुद्दामा सजाय सुनाएका फरार पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई जरिवाना असूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा–२ निमुरियामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु आइतबार दिउँसो पक्राउ परेको र आइबारै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ६ : ०६ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन