नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ « Khabarhub

नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उल्लेख गरे । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि जानकारी दिए ।

त्यस्तै मन्त्री तामाङले भविष्यमा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसँग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको बताए । उनले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यही रुपमा कार्य गर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुनर्संरचना गरी सो कार्यलाई अघि बढाउने धारणा पनि राखे ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु