स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– स्रोत नखुलेको नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवा बस्ने ३५ वर्षका सुरज गौण छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार सिद्धार्थनगर नगरपालिका –१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

डीएसपी थापाका अनुसार विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर रोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला परेको हो ।

अहिले प्रहरीले थप अनुसन्धाका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको बताएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १६ बजे

नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे

चार मन्त्रीको शपथ समारोहमा पुगे सभामुख घिमिरे  

काठमाडौं– नवनियुक्त चार मन्त्रीहरूको शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को