हरिणको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ, तीन थान छाला बरामद « Khabarhub

हरिणको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ, तीन थान छाला बरामद


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ ।

हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे उनले बताए । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।

झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् ।

वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ५५ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा