एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै « Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । आज विहान साढे ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्ने एमाले नेता भीम रावलले जानकारी दिए ।

सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन ।

आजको बैठकमा आन्तरिक समस्याका विषयमा गम्भीर रुपमा छलफल हुने कार्यदल सदस्य समेत रहेका नेता रावलले बताए ।

उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक बताए । उनले समस्या समाधानका लागि कार्यदलमा उठेका विविध धारणाहरुका विषयमा आजको बैठक केन्द्रित हुने बताए ।

‘हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर आजको बैठकमा छलफल अगाडि बढाउँछौं,’ नेता रावलले भने, ‘ विमति भएका विषयमा विभिन्न कोणबाट आज पनि छलफल हुनेछ ।’

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

यसैगरी नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

यसअघि सोमबार पनि कार्यदलबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना