एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै « Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । आज विहान साढे ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्ने एमाले नेता भीम रावलले जानकारी दिए ।

सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन ।

आजको बैठकमा आन्तरिक समस्याका विषयमा गम्भीर रुपमा छलफल हुने कार्यदल सदस्य समेत रहेका नेता रावलले बताए ।

उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक बताए । उनले समस्या समाधानका लागि कार्यदलमा उठेका विविध धारणाहरुका विषयमा आजको बैठक केन्द्रित हुने बताए ।

‘हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर आजको बैठकमा छलफल अगाडि बढाउँछौं,’ नेता रावलले भने, ‘ विमति भएका विषयमा विभिन्न कोणबाट आज पनि छलफल हुनेछ ।’

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

यसैगरी नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

यसअघि सोमबार पनि कार्यदलबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ३९ बजे

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७