एनआरएनए कतारको अध्यक्षमा मुसलमान सर्वसम्मत « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा मुसलमान सर्वसम्मत


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्वाचित भएका छन ।

वर्तमान अध्यक्षसमेत रहेका मुक्तदाले आफ्ना अधुरा काम पूरा गर्ने उद्घोषसहित दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

शुक्रबार हुने नवौं महाधिवेशन तथा २०२१–२०२३ कार्यकालको लागि मुसलमानसँगै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणि कार्कीले उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार कार्कीले उम्मेदवारी फिर्ता लिएसँगै मुसलमान सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

नयाँ कार्यसमिति चयनको लागि दिइएको उम्मेदवारी फिर्ताको समयावधि भित्र सहकोषाध्यक्ष बाहेक सबै पदमा तोकिएको संख्यामा मात्र उम्मेदवारी परपछि ती पदबाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको छ ।

निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको मनोनयन दर्ताको अन्तिम नामावली अनुसार प्रथम उपाध्यक्षमा जैवी राई, द्वितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन मगर र दिपजंग शाह तथा कोषाध्यक्षमा विनोद प्रसाद बसौला निर्विरोध चयन भएका छन् ।

यसैगरी महिला संयोजकमा नानु घले ब्लोन, युवा संयोजकमा डेक बहादुर भारती, लेखा समिति संयोजकमा सन्तोष रेग्मी तथा लेखा समिति सदस्यमा टिकाराम गौतम र गणेश भट्ट निर्विरोध भएका छन् ।

सहकोषाध्यक्षमा भने मिनराज वाग्ले, झविन्द्र आचार्य र बालकृष्ण न्यौपानेको उम्मेदवारी कायमै रहेकाले सो पदमा शुक्रबार निर्वाचन हुने  निर्वाचन समितिले जनाएको छ । अन्य सदस्यहरु पनि सबै निर्विरोध चयन भएको समितिले जनाएको छ ।

यसैगरी, आइसीसी सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक कुमार खड्का, अर्शद हुसैन मुसलमान, पूर्णबहादुर पोखरिया, रामु रेग्मी र तेज कटुवाल लगायत निर्विरोध भएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ४५ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान