एनआरएनए कतारको अध्यक्षमा मुसलमान सर्वसम्मत « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा मुसलमान सर्वसम्मत


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्वाचित भएका छन ।

वर्तमान अध्यक्षसमेत रहेका मुक्तदाले आफ्ना अधुरा काम पूरा गर्ने उद्घोषसहित दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

शुक्रबार हुने नवौं महाधिवेशन तथा २०२१–२०२३ कार्यकालको लागि मुसलमानसँगै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणि कार्कीले उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार कार्कीले उम्मेदवारी फिर्ता लिएसँगै मुसलमान सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

नयाँ कार्यसमिति चयनको लागि दिइएको उम्मेदवारी फिर्ताको समयावधि भित्र सहकोषाध्यक्ष बाहेक सबै पदमा तोकिएको संख्यामा मात्र उम्मेदवारी परपछि ती पदबाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको छ ।

निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको मनोनयन दर्ताको अन्तिम नामावली अनुसार प्रथम उपाध्यक्षमा जैवी राई, द्वितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन मगर र दिपजंग शाह तथा कोषाध्यक्षमा विनोद प्रसाद बसौला निर्विरोध चयन भएका छन् ।

यसैगरी महिला संयोजकमा नानु घले ब्लोन, युवा संयोजकमा डेक बहादुर भारती, लेखा समिति संयोजकमा सन्तोष रेग्मी तथा लेखा समिति सदस्यमा टिकाराम गौतम र गणेश भट्ट निर्विरोध भएका छन् ।

सहकोषाध्यक्षमा भने मिनराज वाग्ले, झविन्द्र आचार्य र बालकृष्ण न्यौपानेको उम्मेदवारी कायमै रहेकाले सो पदमा शुक्रबार निर्वाचन हुने  निर्वाचन समितिले जनाएको छ । अन्य सदस्यहरु पनि सबै निर्विरोध चयन भएको समितिले जनाएको छ ।

यसैगरी, आइसीसी सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक कुमार खड्का, अर्शद हुसैन मुसलमान, पूर्णबहादुर पोखरिया, रामु रेग्मी र तेज कटुवाल लगायत निर्विरोध भएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ४५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु